जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन बुटवलका सम्पूर्ण विद्यालय आज बन्द बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने                
समाचार :

सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैनः विष्णु पौडेल

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन्।

उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए। उनले चलनचल्तीका
कार्यक्रम घोषणा गर्नेबाहेक बजेटले केही गर्न नसकेको बताए।

उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए। उनले अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाईबाट समाधान दिनुपर्ने थियो त्यस हिसावले बजेट आउन नसकेको बताए।

उनले राजश्व परिचालनको दृष्टिकोणले चालू आर्थिक वर्षमा दर्दानक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित