मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

संविधान रक्षाका लागि दलहरूको एकता र समझादारी आवश्यक : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छ। सोह्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

गणतन्त्र को मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ। समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसंघर्षमा सहभागी दलहरूको एकता एवम् समझादारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्त्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने उनले जनाएका छन्।

‘त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ,’ सन्देशमा उल्लेख छ, ‘समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ।’

नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरंकुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैंमा दीर्घ ऐतिहासिक रहेको उनले उल्लेख गरेका छन्।

‘म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको संघर्षका बेला तत्कालीन राजतन्त्रसँग सझौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन,’ सन्देशमा उल्लेख छ, ‘प्रतिगमनविरुद्ध संघर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सझौता पत्र सार्वजनिक गर्न ती तत्त्वहरूलाई चुनौती दिन चाहन्छु।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित