‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

युवा सम्मेलनद्वारा दश बुँदे घोषणापत्र, युवा लक्षित कार्यक्रम लागू गर्न दबाब

लुम्बिनी प्रदेशमा स्थानीय, प्रदेश र संघीय सरकारले युवाका लागि तय गरेका कार्यक्रम व्यवहारमा लागू गर्न दबाब दिइने भएको छ । रुपन्देहीको तिलोत्तममा आयोजना भएको तीन दिने युवा सम्मेलनले अहिलेसम्म युवा लक्षित कार्यक्रम कागजमा मात्र सिमित रहेको उल्लेख गर्दै आगामी दिन व्यवहारमा लागू गर्न दबाब दिने निर्णय गरेको हो । उक्त सम्मेलन शनिवार दश बुँदे लुम्बिनी घोषणा पत्र जारी गरेर सकिएको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गठित किशोरकिशोरी र युवाको क्षेत्रमा कार्यरत १५० भन्दा बढीको सहभागीता रहेको थियो । सम्मेलनमा सहभागी युवाले मुलुकले युवाहरुका लागि प्रतिबद्धता जारी गरेका र व्यवस्था गरेका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि आआफ्नो संस्था, सञ्जाल तथा क्लबमार्फत दाबाब दिइने जनाएका छन् ।

शान्ति, विकास र समृद्धिका लागि युवा सहभागिता सुनिश्चित गरी युवामैत्री शासन प्रवद्र्धनका लागि सरकारका सबै तह र सरोकारवालासंग सहकार्य, साझेदारी र योगदान गर्न प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख गरेको लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष आरीफ अली खानले जानकारी दिए । ‘स्थानीय तहको योजना निर्माण पक्रियामा किशोरकिशोरी तथा युवाको अर्थपूर्ण सहभागिता गराउन माग गरेका छौं,’ उनले भने, ‘युवाको अधिकार स्थानीय तहहरुबाट नै सुनिश्चितता सुरु गर्नका लागि माग गरिनेछ ।’

सम्मेलनले जारी गरेको घोषणापत्र तथा माग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत स्थानीय तहका जनप्रतिनिधिलाई बुझाइने उनले बताए । सम्मेलनले लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालको अध्यक्षमा पुनः आरीफ अली खानलाई चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णिामा भारती र गुन्जा थारु, सचीवमा सुजित मिश्रा, सहसचिव मामिरा सामट, कोषाध्यक्षमा स्मृति चौधरी चयन भएका छन् ।

युवा सशक्तिकरण र नेतृत्व बिकासका लागि सम्मेलन फलदायी बनेको उल्लेख गर्दै कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) का कार्यक्रम निर्देशक गौतमराज अधिकारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए । सम्मेलन आयोजनाका लागि लुम्बिनी प्रदेश युवा परिषद, स्ट्रोम फाउण्डेशन, कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल कपिलवस्तु, सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देही, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपलिवस्तु, एवीसी नेपाल पश्चिम नवलपरासी, कालिका बिकास केन्द्र नेपाल, प्युठान, मानव कल्याण तथा वातावरण संरक्ष्ँण केन्द्र दाङ, मानव अधिकार सचेतना केन्द्र रोल्पा र सहयोगी हातहरुको समुह रोल्पाले सहयोग गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित