रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

युवा सम्मेलनद्वारा दश बुँदे घोषणापत्र, युवा लक्षित कार्यक्रम लागू गर्न दबाब

लुम्बिनी प्रदेशमा स्थानीय, प्रदेश र संघीय सरकारले युवाका लागि तय गरेका कार्यक्रम व्यवहारमा लागू गर्न दबाब दिइने भएको छ । रुपन्देहीको तिलोत्तममा आयोजना भएको तीन दिने युवा सम्मेलनले अहिलेसम्म युवा लक्षित कार्यक्रम कागजमा मात्र सिमित रहेको उल्लेख गर्दै आगामी दिन व्यवहारमा लागू गर्न दबाब दिने निर्णय गरेको हो । उक्त सम्मेलन शनिवार दश बुँदे लुम्बिनी घोषणा पत्र जारी गरेर सकिएको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गठित किशोरकिशोरी र युवाको क्षेत्रमा कार्यरत १५० भन्दा बढीको सहभागीता रहेको थियो । सम्मेलनमा सहभागी युवाले मुलुकले युवाहरुका लागि प्रतिबद्धता जारी गरेका र व्यवस्था गरेका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि आआफ्नो संस्था, सञ्जाल तथा क्लबमार्फत दाबाब दिइने जनाएका छन् ।

शान्ति, विकास र समृद्धिका लागि युवा सहभागिता सुनिश्चित गरी युवामैत्री शासन प्रवद्र्धनका लागि सरकारका सबै तह र सरोकारवालासंग सहकार्य, साझेदारी र योगदान गर्न प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख गरेको लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष आरीफ अली खानले जानकारी दिए । ‘स्थानीय तहको योजना निर्माण पक्रियामा किशोरकिशोरी तथा युवाको अर्थपूर्ण सहभागिता गराउन माग गरेका छौं,’ उनले भने, ‘युवाको अधिकार स्थानीय तहहरुबाट नै सुनिश्चितता सुरु गर्नका लागि माग गरिनेछ ।’

सम्मेलनले जारी गरेको घोषणापत्र तथा माग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत स्थानीय तहका जनप्रतिनिधिलाई बुझाइने उनले बताए । सम्मेलनले लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालको अध्यक्षमा पुनः आरीफ अली खानलाई चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णिामा भारती र गुन्जा थारु, सचीवमा सुजित मिश्रा, सहसचिव मामिरा सामट, कोषाध्यक्षमा स्मृति चौधरी चयन भएका छन् ।

युवा सशक्तिकरण र नेतृत्व बिकासका लागि सम्मेलन फलदायी बनेको उल्लेख गर्दै कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) का कार्यक्रम निर्देशक गौतमराज अधिकारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए । सम्मेलन आयोजनाका लागि लुम्बिनी प्रदेश युवा परिषद, स्ट्रोम फाउण्डेशन, कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल कपिलवस्तु, सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देही, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपलिवस्तु, एवीसी नेपाल पश्चिम नवलपरासी, कालिका बिकास केन्द्र नेपाल, प्युठान, मानव कल्याण तथा वातावरण संरक्ष्ँण केन्द्र दाङ, मानव अधिकार सचेतना केन्द्र रोल्पा र सहयोगी हातहरुको समुह रोल्पाले सहयोग गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित