
पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ ।
उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ ।
भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाकालागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठानसमारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमाकामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत गरिने छ ।
वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरु, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारीतथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवीलाई विधिपूर्वक आमन्त्रण गरीमन्दिर भित्र्याउनुभएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो ।
यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमालगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाटअभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपालभित्र्याइएको हो ।
यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापनागरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए ।
यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकैस्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उहाँबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माणभएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारीदिए ।
यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखीविधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखीकामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ ।
शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ ।यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारकाइञ्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीकोअध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुलसाउदले जानकारी दिए । केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माणलागत नछुट्याइएकाले भन्न नसकिने उनले बताए ।
साउदले भने, “कामाख्या भगवतीको शास्त्रीय एवं आध्यात्मिक महत्वको अध्ययन धर्मगुरुले गर्नुभयो र इञ्जिनियरकोटोलीले उक्त मन्दिरको संरचना, कलात्मक शैली र वास्तुशास्त्रीय अध्ययन गरेर आयौँ । त्यसपछि सोही विधि र शैलीमागएको दुई वर्षमा केबलकार निर्माणसँगै मन्दिर निर्माण गरेका हौँ ।”
बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसनपाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ । बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीकोदर्शनका लागि जान सकिन्छ ।
पहिलेदेखि नै नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकालेसोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएकोजानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले दिए ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउनेस्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीयगन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।
कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्तिपाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतकागोरखपुर, लखनउलगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्याभगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी महापुराणको मूल आचार्यमा व्यासाचार्य गौतम हुन । त्यस्तै यस महायज्ञमाभारतका गुवाहाटी र बनारसका साथै नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनेछन । कामाख्या भगवती मन्दिरपरिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । तल बुटवलबजार छ । माथि करिब एक हजार मिटर उचाइमा पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोहीमानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय खुसी भएकाछन् ।