
बुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएकाछन् ।
नेपाल हिजो १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा थिएनन । त्यसपछिपरिबार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा खोज्दै जादा गोरखपुरमा भेटिएको बताए। उनको परिबार संग सम्पर्क भएको बताईएको छ ।
सम्पर्कमा अाएका नेपालले परिबार सामु अाफु काम बिशेषले गोरखपुर पुगेको बताएका छन् । मोबाईल साथमानहुदा सम्पर्क बिहिन भएको जस्तो भए पनि अाफुलाई केहि समस्या नभएको परिबारलाई बताएका छन्