रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन, खोजविनमा सहयोग गरिदिन अपिल

बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् । नेपाल १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपनि अहिले सम्म कुनै सम्पर्क नभएको परिबार स्रोतले बताएको छ ।
उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क विहिन भएको सूचना प्रहरी सम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजविन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।
परिबारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले मोबाईल साथमा नलग्दा खोजविनमा समस्या भएको बताए । उनले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा प्रहरीले सुनौली क्षेत्रमा खोजविन गररहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित