रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवल बजारमा धमाधम सटरहरु खाली हुँदै

हरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल बजार । उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अग्रस्थानमा मानिने बुटवल अहिले सुनसान जस्तै बन्न थालेको छ ।

हरेक हिसावले चलायमान बुटवल बजारको चहलपहल अहिले क्रमस सुनसान हुंदै गएको छ । मध्ये नेपालको ठूलो शहरको रुपमा मानिने बुटवल बजार आर्थिक मन्दीका कारण क्रमस सुुस्ताउंदै गएको हो ।

पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखांची, प्यूठान, रोल्पा, नवलपरासी, कपिलवस्तु र दाङको व्यापार व्यवसाय बुटवलबाटै चलायमान हुने बुटवल पछिल्लो केही महिनादेखि सुस्ताएको छ ।

पहाडी र केही तराईका जिल्लाबाट बुटवल बजार गर्न आउने व्यवसायी पनि अहिले गाउंगाउंमा बजार विस्तार भएपछि आउन छोडेकाले पनि बुटवल सुनसान हुंदै गएको हो । कोरोना कारण थला परेको बुटबल बजार अहिले आर्थिक मन्दीका कारण थप संकटमा परेको देखिन्छ ।

त्यस्तै उद्योगी व्यवसायीहरुका अनुसार लुम्बिनी प्रदेशको राजधानी दाङमा सरेपछि बुटवलको चहलपहलमा कमी आएको हो । कोरोना संक्रमण, प्रदेश राजधानी सर्नु र पछिल्लो समय आर्थिक मन्दीका कारण बुटवल बजारको चहल– पहल घटेको बुटवलका उद्यागी व्यवसायीहरुको भनाइ छ ।

वयवसाय नचलेपछि सटर भाडा र बैंकको व्याज चलाउन नसकेको अवस्थामा पुगिएको बुटवलका व्यवसायीको गुनासो छ ।   घरधनीले यो सटर भाडाको लागि खाली छ भन्दै व्यानर तथा पोष्टर टांसेर विज्ञापन गरेको देख्न सकिन्छ ।

बैंकको व्याज र घरभाडा अचाक्लीवृद्वि हुंदा व्यवसायीले व्यापार व्यवसाय छोड्नेक्रम बढेको छ ।

अहिले बुटवलको गोलपार्क, हाटवजारलाईन, अमरपथ, रामन्दिरलाईल, संगम पथ, राममन्दिरलाईन, पाल्पारोड, जेसीजचोक, ट्राफिकचोक, अस्पतालालइन, मिलनचोक, सुख्खानगर, चौराहा, कालिकानगर, दीपनगर, देवीनगर, योगीकुटी लगायतका बजार क्षेत्रका केयौं सटहरहरु खाली भएपछि घरधनीहरुले विज्ञापन गरेको देखिन्छ । आर्थिक मन्दी हुंदापनि राज्यले व्यवसायीको समस्या नबुझेकाले घरधनी र बैंकहरुको मनोमानीले व्यवसाय चौपट भैसकेको व्यवसायीको गुनासो छ ।

हरेक हिसावले चलायमान, आर्थिक हवको रुपमा विकास हुंदै गएको बुटवललाई अब पुरानै लयमा फर्काउन सबै पक्षलाई चुनौती छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित