‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दार्शनिक योग गुरू डा.विकासानन्द बुटवलमा, भोली प्रवचन हुँदै

विश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचनका लागि बुटवल आइपुगेका छन् ।

विकासानन्द फाउण्डेशन (विश्व परिवार) शनिबार बुटवलको योगिकुटी होटल दा फ्लामिङ्गोमा प्रवचनसहितको कार्यक्रम राखिएको छ । विकासानन्दलाई बुटवलमा फोउन्डेसनले स्वागत गरेको हो ।

भोलि हुने कार्यक्रमको तयारी पूरा भएको संयोजक लिला गौतमले बताइन् । ‘संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको गौतमको भनाइ छ । ध्यान, योग बारेका महत्व बारे जानकारी गराउँदै गाभा, काभा, नाभा, हिक्नोसेस तथा रेकी हिलिङ प्रविधिबाट उपचारको समेत व्यवस्था गरिएको छ ।

प्रवचनमा रुपन्देहीका एक हजार बढी सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ टीकटदर छ ।

बिहान र दिउँसो गरी दुई खण्डमा सञ्चालन हुने योगा तथा प्रवचन कार्यक्रमले विश्व परिवारमा सामेल हुन चाहने व्यक्तिहरुलाई संगठित गर्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ । दार्शनिक तथा योग गुरु डा. विकासानन्दले मनोक्रान्ति राष्ट्रिय अभियानले आफ्नो लागि साधना, अरुको लागि सेवा भन्ने मूल नारा बोकेर हिडेको बताए ।

विकासानन्दले प्रवचनको शिक्षाले स्वास्थ्य लाभ, शान्ति, आनन्द प्राप्ति हुनुका साथै आध्यात्मिक, नैतिक र वैचारिक लाभ प्राप्त हुने बताए । सम्पूर्ण मानवलाई एक ठाउँमा जोडेर विश्व परिवार निर्माणको अभियान फाउन्डेशन रहेको छ । योगी विकासानन्दको बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक हुन लागेको हो ।

अभियानमै जोडिएको रक्षा नेपालकी संस्थापक तथा अध्यक्ष मेनका थापाले मनोक्रान्ति राष्ट्रिय अभियानले सबैको भावना बदल्ने बताइन् ।सो अबसरमा फाउन्डेसनकी रेकि ग्राण्ड माष्टर कमलेश्वरी श्रेष्ठ,गोपाल अधिकारी लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित