लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा शुरु, केबलकार १५ गते देखि चल्ने

बुटवल। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ ।
व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ ।
केबलकार सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो ।
भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही,पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् ।
कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर,गणेश मन्दिर,कैलाश पर्वत, वर पिपल, ढुंगे धारा,पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।
सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकासंग त्रिपक्षीय सम्झौता गरी लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन् ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दुरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि काठमाडौंको चन्द्रागिरीमा र हालै नवलपुरको गंैडाकोट नजिक मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयां धार्मिक र पर्यटकीय गन्तब्य थपिएको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोपाल साउदले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित