भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तस्वीरमा हेर्नुहोस् – सिद्धबाबा सुरुङ मार्गमा रिव एङकरिङको काम

बुटवल : मृत्युमार्गका रूपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ।

सुरुङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन स्वीकृत नहुँदै निर्माण कम्पनीले सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम सुरू गरेको हो।

निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले माघमा पठाएको प्रतिवेदन पूर्ण रूपमा अध्ययन गरेर स्विट्जरल्यान्डको प्राविधिक टोलीले अझैसम्म फिर्ता पठाएको छैन।

सिद्धबाबा सुरुङ मार्ग परियोजनाकी इन्जिनियर सविता ज्ञवालीले कन्ट्याक्टरले पेश गरेको डिजाइन स्वीकृत भइनसकेको अवस्थामा पनि निर्माण कम्पनीले ड्राइभर्सन, प्रस्थानविन्दु र अन्तिमविन्दुमा स्लोप कटिङको काम गरिरहेको जानकारी दिइन्।

निर्माण कम्पनीले छिटो काम सम्पन्न गर्ने गरी सुरुङको सुरु विन्दुमा डिजाइन अनुसारको काम गरिरहेको उनको भनाइ छ। डिजाइन नै स्वीकृत नभइ डिजाइनअनुसारको काम गरिरहेको उनी बताउँछिन्।

‘कन्ट्याक्टले पेश गरेको डिजाइन माथि विभिन्न राय सुझाव दिने कार्य भइरहेको छ। यता सुरुङ निर्माणको काम पनि डिजाइन अनुरुप भइरहेको छ’, उनले भनिन्।

उनले प्रतिवेदन आएपछि मात्र ठेकेदार कम्पनीलाई हस्तान्तरण गरिने र निर्माण कम्पनीले सुरुङ छेड्ने कामको सुरुवात गर्ने बताइन्। टनेल बाहेकको डिजाइन पनि अहिले छलफलमा रहेको उनले जानकारी दिइन्।

‘टनेल मात्र होइन, त्यहाँ कति सडक बनाउने, सडकको लम्बाई कति राख्ने, रकनेट आवश्यकता कति भन्ने बारेमा पनि छलफल भइरहेको छ,’ उनले थपिन्, ‘त्यसपछि मात्र प्रतिवेदनले अन्तिम रूप पाउनेछ।’

कन्ट्याक्ट तर्फका इन्जिनियर दिवस पाण्डेले अहिले सुरुङको सुरु विन्दुमा रिव राखेर एङकरिङ बनाउने कार्य भइरहेको जानकारी दिए। रिव भनेको बुज्ने भाषामा सुरुङ सुरु हुने विन्दुको ढोका जस्तै हो। रिवलाई एङकरिङ गरेपछि त्यसमाथि कंक्रिटको काम हुनेगर्छ।

‘अहिले ठूला फलामका पाईपलाई जोडेर एङकरिङको काम भएको छ। यो सकिएपछि कंक्रिट राखिन्छ र त्यो द्वार बन्छ। त्यसपछि सुरुङ छेड्ने काम हुन्छ’, उनले भने।

उनले सिद्धबाबामन्दिर नजिकै भने ड्राइभर्सनको काम भइरहेको बताए। धर्मशाला नजिक ड्राइभर्सनको काम भएको र त्यो सम्पन्नपछि मन्दिर नजिक पनि रिव राख्ने प्रक्रिया सुरु गरिने उनको भनाइ छ।

सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुनेछ। सुरुङमार्गको विचमा ३ वटा एक्जिट अर्थात बाहिर निस्कने ढोकासमेत राखिनेछ।

अहिले निर्माण क्षेत्रमा ठेकेदार कम्पनीचाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनल कम्पनीले कार्यालय स्थापना गरेर डाईभर्सनको काम समेत सकिसकेको छ। विद्युत् समेत निर्माण क्षेत्रमा पुर्याइसकिएको छ।

सुरुङमार्ग तिनाउ गाउँपालिका–२ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अथार्त हेडबक्ससम्म बन्नेछ।

७ अर्ब ३४ करोड २१ लाखको लागत अनुमान गरिएको सिद्धबाबा सुरुङमार्ग स्विस सरकारको विकास सहयोगमार्फत भौगर्भिक अध्ययन (जियोलोजिकल) सर्र्भे गरिएको थियो। सुरुङ मार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो। ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ।

सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो। यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौं रूपैयाँ खर्च गरेर रकसेट र हाफ टनेल बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो।

वि.सं.२०१८ सालदेखि खन्न शुरू गरेको बुटवल–पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो। अहिले दैनिक २ हजार बढि सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन्। यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित