मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु

बाँके । राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

उनीहरू मंगलबार डुडुवा गाउँपालिका ४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका थिए। साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार उनीहरुसहित छ जना वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित