३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. बुद्ध थापा नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यन्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा. थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय बुटवल बहुमुखी क्याम्पसमा राजनीति शास्त्र अध्यापन गरेका थिए ।

कानूनमा स्नातक, राजनीतिशास्त्रमा पिएचडी गरेका थापाले रेसुंगा बहुमुखी क्याम्पस गुल्मीबाट अध्यापन सेवा सुरु गरेका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिकाको पौदीअमराईबाट बुटवल ९ मा बसाई सरेका थापा अहिले कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

पार्टी संस्थापन समूहमा रहेका थापालाई संस्थापन समूहबाटै मुख्यमन्त्री बनेका मुख्यमन्त्री चौधरीले अवसर दिएका हुन् ।

थापालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित