रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रेसुंगामा भिषण आगलागी

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । हिजोनै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि साँझ फेरि फैलिएको हो ।

खानीगाउँ क्षेत्र र गर्जुरा क्षेत्रको सडकभन्दा बिचमा आगो लागेकाले दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ । बिहानैबाट रेसुंगा नगरपालिकाको दमकल र आगो नियन्त्रण टोली रेसुंगा पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको छ । बिहानमा नियन्त्रण गर्न सजिलो हुने भएकाले टोलीलाई बिहानै पठाइएको गैरैले बताए ।

तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित