३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए।  यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ।

विज्ञप्तिका अनुसार सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेकाे छ।

पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ। त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो। तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ। त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्। उनी रेशमको मुद्दा फिर्ता हुनपर्ने सर्तमा सरकारमा गएकी हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित