‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पाँच महिनादेखि तलव नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र तलब खुवाउन अल्टिमेटम दिउका छन् । उक्त अवधिभित्र माग पूरा नभए भोक हड्ताल सुरु गरिने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।

स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्नेगरी ल्याएको योजना अनुसार तिलोत्तमाका १७ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका थिए । ७ वटा स्वास्थ्य चौकीको मात्रै दरबन्दी रहेको तिलोत्तमामा १७ वटा स्वास्थ्य संस्था पुग्दा कार्यरत कर्मचारी ७८ जना पुगे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दी बाहेकका कर्मचारीको तलव नपठाउँदा समस्या भएको बताए ।

यता स्वास्थ्यकर्मीहरुले भने आफुहरु स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालय नजान्ने बताए । “हामीले स्थानीय सरकार जान्ने हो, स्वास्थ्य मन्त्रालय हामीले जान्दैनौं, हामीले तत्काल पाँच महिनादेखिको तलव पाउनुपर्छ”–स्वास्थ्यकर्मी गणेश गौतमले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित