मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले युवा संघले रचनात्मक कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउने

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम गगरिने छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सदस्य नकुल शाही ठकुरीले युवाहरु राजनीतिमा मात्र नभएर समाज परिवर्तनसंगै सामजिक कार्यक्रमा पनि सक्रिय हुनुपर्ने बताए ।
स्थापना दिवसको अवसरमा गरिब दुखी अनाथ असायलाई केही सहयोग मिल्ला भनेर संगठले सहयोग गरेको बताए ।

युवा सघ, नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापाले युवा संघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न खालका रचनात्मक कार्यक्रम गरेको बताए ।
युवाहरु राजनीनिमा मात्र नभएर सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्छ उनले भने ।

युवा सघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतले स्थापना दिवसको अवसरमा रुपन्देहीका १६ वटा स्थानीय तहमा बिभिन्न खालका कार्यक्रम गरिने बताए ।
पहिलो दिन फलफुल बितरण तथा अपांग आश्रममा खाना खुवाईएको र साझ दीप प्रज्वलन गरिने जानकारी गराए ।

अध्यक्ष बस्नेतका अनुसार भोलीदेखि रुपन्देहीका सबै स्थानीय तहहरुमा शिक्षा,स्वास्थ्य तथा खेलकुंदका बिभिन्न कार्यक्रमहरु एक हप्तासम्म सन्चालन गरिने छ ।
कार्यक्रममा युवा सघ नेपालका केन्द्रीय सदस्य मनोज गौचन, किरण नेपाल, युवा सघंका विज्ञ सल्लाहाकार दिनानाथ भट्टराई, प्रदेश सदस्य कृष्ण कुमाल, सदस्य इश्वर न्यौपाने, जिल्ला सहसचिब नवराज थापा लगायतले बोलेका थिए ।

युवा संघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतको अध्यक्षता, सचिव दिपेश कडेलको सन्चालन र उपाध्यक्ष दीपक खड्काको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित