रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

अब मालिका गाउँपालिकाबाटै श्रम स्विकृति !

बुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति दिएर सेवाको सुरु गरेको हो ।

गाउँपालिकाका रोजगार शाखाका प्रमुख खेमराज गैरेले शुक्रबार देखि गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको बताए । उनका अनुसार श्रम स्वीकृति लिन चाहने व्यक्तिहरुले आवश्यक कागजात पूरा गरि पेस गरेको २४ घण्टा भित्र श्रम स्वीकृति उपलब्ध हुनेछ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएका छन् ।
साथै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन बुटवल ,काठमाडौ जानु पर्ने  बाध्यता हटेको छ ।


नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित गाउँपालिकाको रोजगार शाखामा
निःशुल्क अनलाइन आवेदन दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित