मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

बुटवल ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ ।
यसैगरि सदस्यहरुमा प्रशंशा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङ लगायत चयन भएका छन् । यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाईमा पु¥याउने गरि काम गर्न नयाँ कार्यसमितिलाई शूभकामना दिए ।
उनले समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पत्रकार जहिल्यै पनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशिल हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढि भएको बताउँदै जनमुखी बनाउनुपर्ने बताए । उनले अहिले समाजवादी समाज निर्माणको आवश्यकता महसुस भइरहेको बताउँदै त्यसलाई स्थापित गर्ने गरि पत्रकारहरुको कलम चल्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य भट्टराईले माक्र्सको भनाई उदृत गर्दै ‘लेख्नका लागि बाँच्ने की बाँच्नका लागि लेख्ने’ यसको गहिरो अर्थ अनुसार अगाडि बढाउनु पत्रकारिताको चुनौती रहेको बताए ।
अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ह«दय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरि संगठन निर्माणको अभियानमा खटिएको बताए । उनले रुपन्देही जिल्ला प्रदेशको अगुवाई गर्ने जिल्ला भएकाले नयाँ नेतृत्वले त्यसलाई स्थापित गर्ने गरि काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनले सचिव, कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष शंकर पाण्डेय, सचिव दीपक अनुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतको उपस्थिती थियो । अधिवेशनको उद्घाटन सत्र विनोद परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत एंव पुनहरि बेल्बासकेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित