दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ ।
कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय प्रशासन, शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीहरुको शैक्षिक प्रगती हुने भन्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिएका थिए । कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेकी थिईन भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गरेका थिए ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । अभिभावकहरुले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु राखेका थिए ।
अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई समेत क्रमशः अभिभावक अभुमुखिकरण कार्यक्रम गर्दै जाने योजना रहेको विद्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित