मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

साधना महिला विद्यालयको १७ औं वार्षिकउत्सव

बुटवल । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नारासहित बुटवल–६ स्थित साधना महिला विद्यालयले आफ्नो १७ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विभिन्न कारणले बीचमै पढाई छुटेकाहरूलाई औपचारिक शिक्षा दिने गरी शिक्षाप्रेमीहरूको पहलमा वि.स.२०६३ सालमा विद्यालय स्थापना भएको थियो ।
वार्षिकउत्सवको अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले नगरको शैक्षिक सुधारको लागि आफै सधै प्रयत्नशील रहेको बताए । उनले विद्यालयलाई नगरको आवश्यक सहयोग रहिरहने स्पष्ट पारे । विद्यालयका प्राधानाध्यापक विष्णु कुमारी गौतमले अपुरो शिक्षा पूरा गर्नको लागि विद्यालय कोशेढुंगा बनेको बताइन । २७ जना विद्यार्थीबाट सुरू भएको विद्यालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्था, सहयोगदाताहरुको जोडबल र सहयोगले विद्यालय यो स्थानसम्म आइपुगेको प्रअ गौतमको भनाइ छ । विद्यालयबाट अहिलेसम्म २ हजार ८०० जना लाभान्वित भएको छन् ।
विद्यालयको अहिले आफ्नै भवन छ । विद्यालयका १२ जना शिक्षक÷कर्मचारी कार्यरत रहेका छन् । कार्यक्रममा विद्यालयका अक्षयकोषदाता बामदेव क्षेत्री, वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा प्रमुख टिकाराम पन्थी, विद्यालका पूर्व प्रअ सुमन पन्थी, ज्ञानोदय माविका प्रअ टीका पौडेल, सिमली फाउन्डेसन अक्षयकोषका डबल बिसी, लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष किरण ज्ञवाली, पूर्व विद्यार्थी अस्मिता घिमिरे, लगायतले बोलेका थिए । वार्षिकउत्सवको अवसरमा विद्यालयका संस्थापक, सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका सहायक प्राधानाध्यापक तेजकुमारी लुइटेलको स्वागत तथा शिक्षक विष्णु केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित