‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोहिणीमा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध

  • सरकारी काममा बाधा विरोध गर्ने घटनामा संलग्नलाई कारवाहीको माग
  • रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका क्रममा गाउँपालिका कार्यालयको गाडीलाई अवरोध गर्ने अभिप्रायले सडकमा पानी टंयाकर तथा ट्याक्टर तेस्र्याई गाडी रोकेको एवं नाराबाजी तथा गालीगलौज गर्दै सरकारी कामकाजमा बाधा उत्पन्न गरी अभद्र व्यवहार प्रदर्शन गरिएकोप्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित बेनीपुरमा अवैध रुपमा माटो उत्खनन् भएको भन्ने जानकारी प्राप्त भएपछि अनुगमनमा पुगेको अध्यक्ष यादवले बताए ।

    ‘गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुसमेतको टोली वैशाख २६ गते मंगलबार बेनीपुर पुगेको थियो, ’विज्ञप्तीमा भनिएको छ ।

    ‘गाउँपालिकाले गत वैशाख २१ गते सूचना जारी गर्दै सातैवटा वडाअन्तर्गत पोखरी निर्माण तथा निजी एवं घरायसी प्रयोजनबाहेक कुनै किसिमको माटो उत्खनन्, विक्रीवितरण तथा ढुवानी निकासी कार्य सूचना जारी भएको मितिदेखि लागू हुने गरी अनुमति बन्द गरेको छ । तर, यो सूचनालाई अटेर गर्दै अवैध रुपमा माटो उत्खनन् गर्नु कानूनविपरीत हो । अनुगमन तथा निरीक्षणका लागि गएको टोलीलाई अवरोध गर्ने कार्यप्रति घोर भ्रत्सना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

    घटनास्थलमा सुरक्षा निकायबाट पनि हुनुपर्ने जति सहयोग हुन नसकेको विज्ञप्तीमा उल्लेख छ । सरकारी काममा बाधा विरोध गरी अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग गाउँपालिकाले आग्रह गरेको छ । ‘आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित