३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुकुम पश्चिमकी सिर्जनालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’

‘सोलो ट्राभलर’ सिर्जना सिज्जु ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’का लागि छानिएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले उनलाई पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा पुरस्कृत गरेकाे हाे ।

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-११, अर्माकी उनको वास्तविक नाम सिर्जना वली हो । चार वर्षयता कर्णाली घुमेर २५ वर्षीया सिर्जनाले त्यहाँको भूगोल, जनजीवन, ल्याण्डस्केप विभिन्न माध्यमबाट देखाउँदै आएकी छन् । उनको भ्रमण र तस्वीरमा एउटा सन्देश हुने गर्छ- कर्णाली गरिब मात्र छैन, प्रकृति र संस्कृतिले समुन्नत अनि सुन्दर पनि छ ।

मन्त्रालयले प्रदान गर्ने सम्मानका लागि सिर्जनासहित १० जना छनोट भएका छन् । कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रबहादुर बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासका लागि भावना भट्ट र दिवाकर अर्याल छानिएका छन् । यसैगरी, पर्यटन प्रबर्द्धनका लागि वि विल राइज फाउण्डेसन, समाजसेवाका लागि शौरभ रिमाल, विज्ञान तथा प्रविधिका लागि दीपेन्द्र नेपाली र स्वास्थ्य सेवाका लागि डा. राम थापा क्षेत्री छनोट भएका छन् ।

उनीहरूले आर्थिक वर्ष २०७९/०ं८० का लागि राष्ट्रिय युवा प्रतिभा सम्मान पाएका हुन् । मन्त्रालयले गत वर्ष भदौ ८ गते सूचना प्रकाशित गरी विभिन्न क्षेत्रका लागि आवेदन मागेको थियो । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ अनुसार मूल्याङ्कन भई यी नामहरू छानिएको मन्त्रालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित