‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एभरेष्ट माविद्वारा रक्तदान कार्यक्रम

बुटवल। बुटवल–सुख्खानगरमा अवस्थित एभरेष्ट मा।वि। मा रक्तदान कार्यक्रम भएको छ ।
विश्व रेडक्रस दिवसको अवसर पारेर एभरेष्ट युवा सर्कलद्वारा आयोजित उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । एभरेष्ट युवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डे, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, विद्यालयका सह–प्राचार्य भीमसेन गौतम, संयोजक शिक्षक नायक अशोक ज्ञवाली लगायतले रगतको महत्वका बारेमा आआफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले मानवजीवनको रक्षा गर्ने महान कार्यमा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताहरुको प्रशंसा गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डेले उक्त कार्यक्रमको उच्च प्रशंसा गर्दै रक्तदाताहरुको मानव सेवाप्रति निस्वार्थ भावको सराहना गरे । यसैगरी कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेल धन्यवाद दिनु भएको कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित