‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

छत्रकोटका युवाको झुम्सामा टिप्परले हानेर मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताएका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई टिप्परले एक्कासीठक्कर दिएपछि घाइते भएका उनलाई
प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित