
लुम्विनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन विज्ञ हुन।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए।
लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्।
गरिबी निवारण कोषको पूर्व कार्यकारी निर्देशक रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका थिए। केसी तुलसीपुर उपमहानगरपालिका नगरपालिका वडा नं ६ को स्थायी बासिन्दा हुन्।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ। जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ।