‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध

पहिरो खसेपछि शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत गौडेपुल र चर्चरेको बीच कालीमाटी क्षेत्रमा पहिरो खसेको तिनाउ गाउँपालिका–३, का वडासदस्य टंक बस्यालले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा ठूलो पहिरो खसेको छ । स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो ।

टेवा पर्खाल, ग्याभिन वाल नलगाएकाले पुनः खसेको हुन सक्ने स्थानीयले बताए । सडकमा पहिरो खसेपछि राजमार्गको सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित