३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

‘बुद्धका उपदेश अनुशरणले नै शान्ति र समृद्धि’

लुम्बिनी बुद्धका उपदेशको अनुशरणले नै मूलुक शान्तिमय समृद्ध हुने बौद्ध विज्ञहरुले बताएका छन्। सबै वर्गसमुदायबीच समन्वय मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापीबनाउनुपर्ने जरुरी रहेकोमा जोड दिए

लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बिहिबार लुम्बिनीमा आयोजना गरेकोसमृद्धिकालागि शान्ति ः सम्बुद्धविषय परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्धका उपदेशको अनुशरणमा जोड दिएका हुन

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्याक्ष भिक्षु मेत्तेयले बर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धलेदिएको बताए विश्वका मुलुकहरुमा वर्गीय संघर्षका क्रान्तिहरु भए पनि त्यसले मात्रै शान्ति स्थायीत्व हुन नसक्नेभन्दै बर्ग समन्वयबाटै शान्ति समृद्धि हुन सक्ने बताए कम्बोडियाको द्वन्द्व हालको अवस्थाको चित्रण गर्दै उनलेहाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै बर्गीय समन्वयको आवश्यकता रहेको बताए

बुद्ध जयन्ती बुद्धको जन्म, बुद्धत्व महापरिनिर्वाण गरी त्रिसंयोग भएको भन्दै उनले यो समयमा बुद्धका उपदेश अनुसरणगर्दै बुद्धलाई सम्झिनुपर्ने बताए बौद्ध विश्वविद्यालयले प्राज्ञिक छलफलबाट बुद्धका उपदेश प्रद्धर्वन गरेकोमा उनलेप्रशंसा गरे

सो अवसरमा बोल्दै बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलक आचायले बुद्धका उपदेशकोअनुशरण तथा प्रवद्र्धनबाटै समृद्धि हासिल हुने बताए थाइल्याण्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यहरुकोस्मरण गर्दै उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताए

अवको दशक ः प्राज्ञिक सृजनात्मक अभियानका साथ प्राज्ञिक कार्यलाई शान्ति समृद्धिसंग जोडरविश्वविद्यालयले काम गरिरहेको , उनले भने, –‘बुद्धका उपदेशको अनुशरणले शान्ति स्थायित्वमा महत्वपूर्ण टेवापुग्छ त्यसमा जोड दिएका छौं बुद्ध जयन्तीलाई प्राज्ञिक दृष्टिकोणबाट फरक शैलीले मनाउनुपर्ने उनले बताए बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर लुम्बिनीबाट शान्तिको सन्देश विश्वभर पु¥याउन जरुरी देखिएको उनलेबताए

विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले नेपालमा वि.. २०१३ सालबाट बुद्धजन्यन्तीमनाउन थालिएको भन्दै बुद्ध जयन्तीका सन्दर्भमा एकरुप धारणा भइनसकेको बताए बिभिन्न मुलुकहरुमा बुद्ध जन्म मृत्युको मितिलाई आधार माने बुद्ध जयन्ती मनाउने गरिएको भन्दै उनले बुद्ध पूर्णिमा जन्ममात्रै नभएर त्रिसंयोग रहेकोबताए

अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बुद्धजयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएरमनाउन सकिने बताए उनले दर्शन, संस्कृतिको खोज अनुसन्धानले नै बुद्धलाई जीवन्त बनाइरहने भन्दै रहेक नागरिकमाबुद्ध उपदेश पु¥याउने गरी अनुसन्धान केन्द्रले काम गरिरहेको बताए

कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा.डा. भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षानियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा. ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लिलामणि शर्मा लगायतलेबोल्दै शान्ति समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरुको चर्चापरिचर्चा गरे

कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको बिमोचन गरिएको विश्वविद्यालयले बुद्धजयन्तीको पूर्वसन्ध्यामा प्रज्ञाप्तुपा परिसरमा बौद्ध पुजा तथा दीप प्रज्ज्वलन गरेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित