उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

प्रहरीको व्यवहार रुपान्तरण जरुरी– आईजीपी कुँवर

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले संगठनलाई नागरिकको विश्वासिलो संस्था कायम राख्न प्रहरीको व्यवहार रुपान्तरण जरुरी रहेको बताएका छन् । उनले यसले संगठन र नागरिकको छवि उच्च बनाउने बताए । बिहीबार बुटवलस्थित ईलाका प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षक कुँवरले प्रहरी शासक नभई सेवकका रुपमा अघि बढ्नु पर्नेमा प्रष्ट पारे । प्रहरी बिचौलियाको सेवकका रुपमा नभएर पहुँच नभएका व्यक्तिको सहजीकरणमा खटिनु पर्नेमा उनको जोड छ ।

प्रहरीको मनोबलसित जोडिने गरेकाले भौतिक संरचना निर्माण जरुरी रहेको बताउँदै उनले यसबाहेक प्रहरीको सोच र मनोबृत्ति पनि फरक हुनुपर्नेमा जोड दिँदै यसले संगठनको विश्वशनीयता बृद्वि हुने बताए । अहिले व्यक्तिगत स्वार्थ जोडिएका केही ठाउँमा संगठनमा समस्या देखिने गरेको बताउँदै त्यस्तो स्वार्थ त्याग्न उनले माताहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । प्रहरीको मुख्य जिम्मेवारी भनेकै अपराध नियन्त्रण भएको बताउँदै कुँवरले यसमा अल्मलिन नहुने बताए । प्रभावकारी अनुसन्धान गरेर नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन उनले आग्रह गरे ।


उनले कहिलेकाहीं विचौलियालाई पोसेर निम्न वर्गका नागरिकलाई प्रहरीले सहयोग नगरेको गुनासो आइरहेको जनाउँदै त्यसलाई रोक्नुपर्ने बताए । प्रहरीले आफ्नो मुख्य कर्तव्यलाई विर्सन नहुने भन्दै उनले कानूनको अधीनमा रहेर सेवा दिनुपर्नेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल आधुनिक सहर बनेको उल्लेख गर्दै यहाँको सुरक्षा व्यवस्थाका लागि विशेष पहल गर्न अनुरोध गरे । निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि उनले अनुरोध गरे ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले प्रदेशको शान्ति, सुरक्षा अब्बल बनाउन लागि परेको बताए । यहाँ हुने कुनै पनि अपराधका घटनालाई सुक्ष्म अनुसन्धान गरी सफल तुल्याउन प्रहरी लागि परेको उनको भनाई छ । उनले प्रहरीले जनप्रतिनिधि, राजनीतिक दल, आमनागरिकसँग हातेमालो गरेर समाजमा सुरक्षा व्यवस्था मजबुत बनाउने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसअघि साँघुरो भवनबाट सेवा दिनु परेको उल्लेख गर्दै अहिले निर्माण भएको आधुनिक भवनका कारण प्रहरीको कार्यशैलीमा सुधार हुने बताए । रुपन्देही बसाइँसराइँको केन्द्र भएकाले आगामी दिनमा प्रहरी परिचालन पनि जनसंख्याको अनुपातमा गर्नुपर्नेमा उनले जोड दिए । अझै धेरै प्रहरीका भवन जीर्ण रहेको जनाउँदै त्यस्ता ठाउँमा नयाँ भवन निर्माण गर्न पहल गर्नुपर्ने उनको भनाई छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले आफ्नै जग्गामा निर्मित नयाँ भवनबाट अब सेवा प्रवाहमा सहजता हुने बताए । उनले प्रहरी संगठनको नीति, नियम र कानूनको परिधीमा रहेर प्रहरीले काम गरिरहेको बताए ।

ईलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाका अनुसार नवनिर्मित भवनमा कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास, नागरिक सहायता कक्ष, मेस भवन र शौचालय छन् । यसअघि इलाका प्रहरी कार्यालय पुरानो र साँघुरो भवनमा रहेको थियो । भवनलाई अपांगमैत्री निर्माण गरिएको छ । महिलामैत्री ब्यारेक रहेको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा भवन निर्माण गर्ने ठेकेदार कम्पनी, उत्कृष्ट प्रहरी कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारको २ करोड ४१ लाख रुपैयाँ लागतमा कार्यालय भवन र ब्यारेकसहितका भवन निर्माण गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित