३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रोहिणी–४ छिपागढमा हाईमास्ट लाइट जडान भएपछि स्थानीय खुसी

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका छन् ।

यसअघि रोहिणी–३ स्थित धकधई र बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भइसकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
‘उज्यालो रोहिणी’ बनाउने अभियान अन्तर्गत लाईट जडान गरिएको उनले बताए । गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम अघि बढेको उनले बताए । ‘जनताको चाहना तथा सल्लाह सुझाव अनुसार जनताको साथ सहयोगले अघि बढेका छौं, ’उनले भने ।

हाईमास्ट लाइट जडान भएपछि रोहिणी–४ का स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसासमेत गरेका छन् ।

के भन्छन् स्थानीय ?

जय माँ काली युवा क्लब रोहिणी–४ का अध्यक्ष अमरनाथ पाण्डेले गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अगुवाइमा राम्रो काम भएको बताए । उनले उज्यालो रोहिणी बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाईमास्ट लाइट जडान भएपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छौं । राम्रा काममा हामी सहयोग गर्छौं ।’

स्थानीय मोहम्मद रजा पठानले हाईमास्ट लाइट जडान भएपछि ‘उज्यालो रोहिणी’ बनाउने अभियानमा सहयोग पुगेको बताए । उनले भने,‘राम्रो काम भएको छ ।’

स्थानीय रामकिसुन यादवले हाईमास्ट लाइट जडान भएपछि अब दुर्घटना न्यूनीकरण हुने बताए । उनले पैदलयात्रीलाई पनि सहज भएको बताए । उनले भने, ‘लाईट जडान भएपछि अब फाइदा हुने भएको छ, यो राम्रो कार्य हो, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र सबैलाई धन्यवाद दिन चाहन्छु । ’

त्यस्तै समाजसेवी तथा रोहिणी–४ का संजय गुप्ताले भैरहवा–परासी सडकखण्ड अन्तर्गत छिपागढमा हाईमास्ट लाइट जडान हुनु विकासको नमूना भएको बताए । उनले भने, ‘छिपागढ रोहिणीको मुटु हो । सुरक्षाको दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित