मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नक्कली शरणार्थी प्रकरण : रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा रायमाझी पक्राउ परेका हुन्।

बुटवलबाट पक्राउ गरेको पुष्टि गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले उनलाई बिहीबार काठमाडौं ल्याइने बताए।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुटलबाट भैरहवा लगेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले रायमाझीलाई जहाजबाट बिहीबार काठमाडौं पठाइने बताएका छन्।

पूर्वमन्त्री टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो। उनीहरुले करोडौं ठगी गरेको आरोप छ।
यसअघि पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो।

यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।

उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। पाण्डेलाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ।
पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। उनीहरु हाल फरार छन्। यसअघि मंगलबार एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेका थिए।

यो घटनामा सुरुमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र शन्देश शर्मा पक्राउ परेका थिए। उनीहरुलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित