
बुटवल । २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख २२ गते उदघाटन गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त/नारी शक्ति प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पुजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।
बैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताए ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको बताए ।
प्रेस विज्ञप्ती
प्रिय पत्रकार मित्रहरु
सर्वप्रथम २५६७ औं बुद्धजयन्ती एंव्म लुम्बिनी दिवस २०८० को पावन अवसरमा महत्वपूर्ण समय दिएर पत्रकार सम्मेलनमा पाल्नुु भएका सम्पूर्ण पत्रकार मित्रहरुलाई लुम्बिनी विकास कोषको तर्फबाट हार्दिक स्वागत गर्दछौं ।
२५६७ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमा जस्तै गरि महत्वपूूर्ण उत्सवका रुपमा मनाउन गइरहेको जानकारी गराउन पाउदा खुशी छौं । कोभिड महामारीका कारण केहि बर्ष औपचारीक कार्यक्रमहरु गर्न समेत पाएका थिएनौं । गत वर्ष भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको उपस्थितीमा बुद्धजयन्तीलाई भव्य रुपमा मनाएका थियौं । गत वर्षदेखि बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकहरुको आवागमन समेत क्रमश बृद्धि हुँदै गइरहेको जानकारी गराउँदछौं ।
भगवान शाक्यमुुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । यस बर्षको शुक्लपुर्णिमाको दिनलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय लुम्बिनी विकास कोषले बिशेष समारोहका साथ मनाउन मुल आयोजक समिती, त्यस अन्तरगत, मुल व्यवस्थापन समिती र विभिन्न उपसमितीहरु गठन गरी तयारी गरिएको छ ।
बैशाख २२ गते सम्माननीय प्रधानमन्त्री श्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूू को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस’ बिशेष समारोह हुनेछ । बिशेष समारोह अघि विहान ६ देखि ७ बजेसम्म धार्मिक पूूजा हुनेछ । विहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकी सहित सम्मेलन केन्द्रसम्म शान्ति ¥याली निकालिनेछ । बिशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री श्री सुदन किराती ज्यूू, मुुख्यमन्त्री ज्यूू, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय ज्यूूहरु, स्थानीय सरकार प्रम्ुख सहित उच्चस्तरीय पदाधिकारी, कुुटनितिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ । प्रधानमन्त्रीको सम्बोधन पश्चात सास्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन गर्नेछन । बुद्धजयन्तीको अघिल्लो दिन बैशाख २१ गते मंगलबार मायादेवी परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण पाठ हुनेछ । यसै बुद्ध पुर्णिमाको अवसरमा अवदेखि लुम्बिनी परिसर भित्र चल्ने गाडिहरु, बाइक, तथा रिक्सा, टेक्सी कुनै पनि सवारी साधनले हर्न बजाउन नपाउने नियम बसालेका छौं । यसले परिसर भित्र हर्न निषेधित गरी शान्तिपूर्ण वातावरण कायम गराउन ठूलो मदत पुग्ने अपेक्षा छ ।
२५६७ औं बुद्धजयन्तीलाई बृहत्तर लुम्बिनी क्षेत्रमा पनि बिशिष्ट रुपमा मनाउने प्रयत्न यो बर्षबाट गरिएको छ । बुद्धको अस्तुुधातु रहेको रामग्रामममा यस बर्ष बैशाख २२ गतेका दिन पण्डितपुरदेखि रामग्रामसम्म ‘अस्तुुधातु यात्रा’ गरि मनाइने भएको छ, यहाँ हुने समारोहमा पर्यटन संष्कृति तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपाली प्रमुख आतिथ्यता रहनेछ । बुद्धको मावली देवदहमा बैशाख १९ गते बौद्धधर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुुत्त र तीन बौद्ध नारी बिभुति ÷परिचर्चा प्रवचन एवम् बुद्धजयन्ती दिवस समारोह गरिएको छ ।
रामग्राम र देवदहमा नगरपालिका र कोषको संयुुक्त आयोजनामा कार्यक्रम गरिनेछ, २२ गते देवदहका भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगर प्रमुख, उपप्रमुख तथा वडाअध्यक्ष ज्यूहरुको अगुवाईमा सम्पन्न हुनेछ । यसका साथै यो वर्षदेखि भगवान बुुद्धको महत्व दर्शाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न यसै पत्रकार सम्मेलन मार्फत अपिल समेत गर्दछौं ।
बुद्धजयन्तीको भोलीपल्ट बर्षेनी हुँदै आएको मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा मायाँदेवि शोभायात्रा बैशाख २३ गते हुनेछ । उक्त कार्यक्रममामा कृषि तथा पशुपंक्षि विकास मन्त्री माननीय बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । यो यात्राको रुट लुम्बिनीबाट कपिलबस्तुु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । वैशाख २३ गते ११ बजे बुद्धजयन्ती बिशेष समारोह तिलौराकोटमा आयोजना हुनेछ ।
यसका साथै दिवसका अवसरमा पारेर ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारा सहित लुम्बिनी सरसफाई अभियान २०८० शुरुवात गरिएको छ । लुम्बिनी विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र समेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँका स्थानीय, होटल व्यवसायी समेतको हो भन्ने भावना जागृत गराउन सरसफाई अभियानको शुरुवात गरिएको छ । बैशाख ९ गतेबाट सरसफाई अभियान शुरु गरिएको हो । यो जारी रहनेछ ।
सबै पत्रकार साथिहरुलाई सहभागिताका लागि बिशेष धन्यवाद ।
मिति ः २०८०÷०१÷२० गते बुधबार