रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

ज्येष्ठ नागरिकले लुम्बिनी भित्र विद्युतीय सवारीमा नि:शुल्क यात्रा गर्न पाउँने

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैरसरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ।

यो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र नि:शुल्क यात्राको लागि प्रयोग हुनेछ।

आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै यो विद्युतीय सवारीहरु प्रदान गरिएको हो।

लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

लक्ष्मी केयर्सले गत २०७९ चैत १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा संकलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो।

लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

लक्ष्मी केयर्सले नवीकरणीय उर्जा प्रवद्र्वन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रम लगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।

विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरुमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित