‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल–तानसेन सडक अब रातिमा मात्र बन्द हुने

बुटवल । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ ।

राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड बन्द हुने जानकारी दिए । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइएको उनले बताए ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएको भन्दै यात्रुले विरोध गर्दै आएका थिए । पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत यात्रुले सास्ती पाउने गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित