लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान २०८० शुरु गरिएको हो ।

शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहित कोषका कर्मचारीहरुको उपस्थितीमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ ।
शान्तिदीप, मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्र्तराष्ट्रिय ध्यान केन्द्रसम्म सफाई गगरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरि दोस्रो हप्तापनि लगातार सरसफाई गरिएको र आगामि दिनमा महिनामा एक दिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ ।

लुम्बिनी पवित्र उद्यानलाई सफा र सुन्दर राख्नुपर्ने आवश्यकतालाई आत्मसाथ गर्दै सफाई गर्न लागिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

लुम्बिनी अन्र्तराष्ट्रिय पर्यटकीय स्थल समेत भएकाले यसलाई सफा, स्वच्छ राख्नका लागि सबै पक्षलाई जिम्मेवार बनाउन अभियान थालिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

लुम्बिनीभित्र नियमित रुपमा सफाई हुने गर्छ । तर, भ्रमणमा पुगेका पर्यटकहरुले पानीका बोतल, चाउचाउका खोला र कतिपय ठाउँमा सुर्ती, गुटखाका खोल समेत भेटिएकाले सजग हुनुपर्ने अवस्था देखिएको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।

कोषले नियमित रुपमा महिनाको एक दिन शनिबार सरसफाई गर्ने भएको छ । सस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुँदन किराँतीले पशुपतीमा प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गरेसँगै लुम्बिनीमा पनि नियिमत सफाई अभियान शुरु भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित