रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान २०८० शुरु गरिएको हो ।

शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहित कोषका कर्मचारीहरुको उपस्थितीमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ ।
शान्तिदीप, मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्र्तराष्ट्रिय ध्यान केन्द्रसम्म सफाई गगरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरि दोस्रो हप्तापनि लगातार सरसफाई गरिएको र आगामि दिनमा महिनामा एक दिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ ।

लुम्बिनी पवित्र उद्यानलाई सफा र सुन्दर राख्नुपर्ने आवश्यकतालाई आत्मसाथ गर्दै सफाई गर्न लागिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

लुम्बिनी अन्र्तराष्ट्रिय पर्यटकीय स्थल समेत भएकाले यसलाई सफा, स्वच्छ राख्नका लागि सबै पक्षलाई जिम्मेवार बनाउन अभियान थालिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

लुम्बिनीभित्र नियमित रुपमा सफाई हुने गर्छ । तर, भ्रमणमा पुगेका पर्यटकहरुले पानीका बोतल, चाउचाउका खोला र कतिपय ठाउँमा सुर्ती, गुटखाका खोल समेत भेटिएकाले सजग हुनुपर्ने अवस्था देखिएको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।

कोषले नियमित रुपमा महिनाको एक दिन शनिबार सरसफाई गर्ने भएको छ । सस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुँदन किराँतीले पशुपतीमा प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गरेसँगै लुम्बिनीमा पनि नियिमत सफाई अभियान शुरु भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित