‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

आफ्नै श्रीमतीको हत्या गरी लुकी बसेका व्यक्ति १८ वर्षपछि पक्राउ

आफ्नै श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले रुपन्देहीको हालको सैनामैना नगरपालिका दुधराक्षका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई पक्राउ गरेको हो ।

उनले मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुदाँ २०६१ मंसिर २४ गते चिर्पटले हानेर ४० वर्षीया राधिका दर्जीको हत्या गरेका थिए । राधिका दर्जीकी तेस्री श्रीमती थिइन् ।

तत्पश्चात फरार रही भारतको दिल्लीमा ३ वर्ष काम गरेर फर्केका उनी परिचय लुकाएर दीपक रानाको नामबाट काठमाडौं १७ क्षेत्रपाटी ढल्कुमा जमुना दर्जीसँग चौथो विवाह गरी बसेका थिए ।

लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गत चैत १३ मा पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको सिआइबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए । ५८ वर्षीय दर्जीलाई शुक्रबार बुटवल ल्याइएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित