‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन बुटवलमा

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निशुल्क दान गरेको रगतको मुल्य लिनु गलत काम भएको बताएका छन् । सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उनले निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास भएको प्रणाली गलत भएको बताए ।
शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरि कार्यक्रमहरु चलाउन जरुरी रहेको बताए
। रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणिय काम नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले आफु जिम्मेवार पदमा हुंदासमेत निशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको दुखेसो गरे ।
कार्यक्रमको प्रदेश प्रमुख अमिक शेरचनले ७८ औं पटक रक्तदान गरेका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे का थिए । यसैबिच हाम्रो रगत नामक पुस्तक बिमोचन, हाम्रो रगत गित सार्वजनिक गरिएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मुल नारालाई सफल बनाउने गरि देशभर अभियान सफल हुदै गएको बताए । शतक रक्तदाताको परिचय बनाएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गरेका छन् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिएपनि त्यो कार्यान्वन हुन नसकेको उनले दुखेसो गरे ।
कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेल, ले रगत दिने काम पुरानो भएको भन्दै नयां प्रविधि भित्राउनुपर्ने बताए । प्लेटलेस मात्र बितरण गर्न सके एउटा रक्तदातालाई न्याय हुने र उसले ३ हप्तामा पुनः वितरण गर्न सकिने उनले बताए । समयअनुसार नया मेशिनहरु भित्राउन जरुरी रहेको उनले बताए । समयसापेक्ष प्रविधिको प्रयोग गरि रगत वितरणलाई स्मार्ट रुपमा लैजान जरुरी रहेको उनले सुझाव दिए ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पु¥याउन सकिने सम्भावना रहेको बताए । सरकार यस बिषयमा चासो नदिदा बिरामीहरु पीडित हुनुपरेका दुखेसो गरे । नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रुपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानिय स्वस्थ्य पालिकाहरुमा ब्लड बंैक खोल्न सकिने दाबी गरे । स्वयंसेवी रक्तदाताहरुको योगदानप्रति सरकारको चासो नदिनु दुखदायी भएको भन्दै जनप्रतिनिधिहरु थोरै भएपनि रगत अभियानमा लाग्न सुझाव दिए । अबको सरकारले रगत निशुल्क नगरे बजेट पछि आफू अनसन बस्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको ब्यापारिकरणको प्रवृत्ति रोक्न सरकारको पहल जरुरी रहेको बताए । सरकारी सेवाका फाईदा हुनेखानेले लिने र आर्थिक समस्यामा रहेकाहरु भने यसबाट बन्चित हुनुपर्ने समस्या देखिएको उनले दुखेसो गरे ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक थापा (क्षेत्री) ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको दाबी गरे । देशभर नै रुपन्देहीबाट रगत वितरण गर्ने काम भएको र निशुल्क रगतको अभियान थालेको बताए । रुपन्देही जिल्लाका १४ पालिकाहरुमा सम्झौता भएर निशुल्क रगत दिने काम शुरु गरेको बताए । परिचयपत्रको आधारमा निशुल्क रगत दिने काम गरेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित