निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल (फोटो फिचर)

  • अब नियमित उडान हुने
  • बुटवल । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ ।

    यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान सुरु गरेको हो ।

    आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्नेछ। त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।

    रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको बताए ।

    ‘गुल्मी र आसपासमा जिल्लावासीको पाँच दशक पुरानो सपना अब पूरा भएको छ । अब हरेक शुक्रबार गुल्मी काठमाडौं उडान हुनेछ उनले भने।

    यसअघि पनि निगमले रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि तयारी गरेको थियो। तर बक्यौता नतिरेकाले प्राधिकरणले उडान अनुमति दिएको थिएन। बाँकी बक्यौता चुक्ता गरेसँगै निगमले काठमाडौंबाट सातामा एक उडान अनुमति पाएको हो ।

    आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ।

    नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ।

    रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची ९धुले० धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।
    एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित