रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

‘अस्तब्यस्त सुटिङ सघं: न प्रतियोगिता न बार्षिक क्यालेन्डर नै’

बुटवल । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका बिभिन्न खेलकुद सघंहरुमध्ये धेरैले आफ्ना नियमीत कार्यक्रम सन्चालन गरेपनी केहि सघं अझै पनी झोलामै सिमित भएका छन ।
जसमध्ये सुटिङ सघंले न प्रतीयोगीतालाइ नियमीत गराएको छ न त क्यालेन्डर नै बनाएको छ ।

भद्रगोल अबस्थामा सुटिङ सघं रहेको र नेपालमा यो खेलको खस्कँदो अवस्थाका बारे खेलाडीहरूमा आक्रोश बढेको देखिन्छ ।

१३ औ दक्षिण एसियाली खेलकुद पछि हालसम्म सुटिङ खेलको प्रशिक्षण नै हुने गरेको छैन । सातदोबाटोको सुटिङ रेन्जमा एक जना मात्र खेलाडीको प्रशिक्षण जारी छ ।

मोफसलमा त यसको गतिबिधी शुन्यप्राय नै छ । सुटिङको समस्या यत्तिमा छैन ।

दर्जनौँ समस्याका माझ सुटिङ सङ्घ अल्झिरहेको छ ।

नाम नबताउने सर्तमा एक खेलाडी भन्छन, ‘सङ्घ एकलौटी कब्जा गर्ने उद्देश्यले जिल्ला सुटिङ संघले विधान माग गर्दा समेत दिने गरेको छैन ।’
वार्षिक कार्यतालीका समेत नभएकाले प्रतियोगिता अस्तव्यस्त हुने गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा समेत हतियार अभावको बिच प्रतियोगिता सम्पन्न भएको थियो । महत्त्वपूर्ण प्रतियोगितामा समेत योग्यताको कुनै आधार छैन ।

‘सुटिङ जस्तो जिम्मेवार खेलमा समेत योग्यता नपुगेको व्यक्ति सहभागी हुने भएकाले दुर्घटनाको जोखिम समेत बढेको देखिन्छ’ । नवौँ राष्ट्रिय खेलकुदको सन्दर्भमा क्याम्पको भत्ता र छनोट समयको भत्तामा पनि आशङ्का रहेको अर्का खेलाडी बताउँछन ।

नेपाली सुटिङले ओलम्पिक खेलकुद भन्दा बाहेक सुटिङका प्रतियोगितामा विरलै सहभागिता जनाउने गरेको छ ।

सघ नेतृत्वले खेलाडीको बारे कुनै चासो नदिएको गुनासो छ । खेलाडीको बिचमा समेत भेदभाव भएको बाग्मती प्रदेशका केही खेलाडीले गुनासो गरेका छन । जिल्ला सङ्घमा समेत आफ्ना निकट व्यक्ति मात्र छानेर राख्ने गरेको आरोप धेरै खेलाडीको छ ।

बिगत ९ बर्षदेखी अध्यक्ष भएका पुष्पदास श्रेष्ठ फेरी पनी नेतृत्व हत्याउने दाउमा देखिएका छन । एउटा प्रदेशमा कम्तिमा ५ जिल्ला गठन हुनुपर्नेमा नियम बिपरीत प्रदेश कमिटी गठन भइरहेको छ ।

सङ्घका महासचिव त्रिलोचन श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुदको समयमा सङ्घमा असन्तुष्टि रहेको भन्दै राजीनामा दिएको पनी महिनौ भैसक्यो तर त्यस राजीनामाको बारे समेत कुनै टुङ्गो लागेको छैन । कत्तिसम्म भने वैदेशिक प्रतियोगितामा सहभागिताका लागि पारदर्शी शैली अपनाइएको छैन । साथै छनोटको आधार समेत तय छैन ।

सङ्घ नेतृत्वले गरेको यो मनोमानीका कारण धेरै खेलाडी आजित बनेका छन । नयाँ सुटिङ रेन्ज तयार भएको एक वर्ष भन्दा बढी समय भए पनि यसको हिसाब सार्वजनिक भएको छैन भने प्रशिक्षण पनि भएको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित