निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले ।

केही दिनमा जिल्ला वनका अधिकारीले थाहा पाए । अनि किसानको घरबाट पाण्डापाण्डीको उद्धार गरे । र, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पठाइदिए ।
त्यसयता ‘पाण्डापाण्डी’को संसार नै चिडियाखाना हो । उनीहरू आफूलाई हेर्न आएका मान्छेसँग लुकामारी खेल्छन् । अब यिनीहरू ८ वर्षका भए । पाण्डापाण्डी अर्थात् रेड पाण्डाको जोडी । रेड पाण्डाका भालेपोथीलाई पाण्डापाण्डी भनेर चिनिन्छ । चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार पाण्डापाण्डीलाई ५ माघ २०७२ मा लिवाङबाट ल्याइएको थियो ।
रेड पाण्डा नेपालसहित भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । २५ सयदेखि ३ हजार मिटरको उचाइमा पाइने रेड पाण्डा नेपालमा ३ सय १७ देखि ५ सय ८२ को हाराहारीमा रहेको राष्ट्रिय निकुञ्ज विभागको अनुमान छ । रेड पाण्डालाई आईयूसीएनले संकटापन्न जन्तुको सूचीमा राखेको छ ।

संसारबाट हराउँदै गएको रेण्डपाण्डाको गतिविधिलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।

हेर्नुहोस्, चिडियाखानामा लिइएका रेड पाण्डाका तस्वीरहरू:

शव्द तस्वीर /शुसिल श्रेष्ठ, शिलापत्र

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित