रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी

बुटवल। रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको ११औँ पदस्थापन, चार्टर डे तथा नेतृत्व हस्तान्तरण समारोह बुटवलस्थित होटल पौवा, योगीकुटीमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमार्फत रोटरी वर्ष २०२६–२७ का लागि रोट्र्याक्टर श्रीधर केसी क्लबको ११औँ अध्यक्षका रूपमा पदस्थापित भएका छन्। निवर्तमान अध्यक्ष रोट्र्याक्टर सिर्जना गिरीले पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा सम्पन्न गरेकी हुन्।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्रबहादुर शाही रहेका थिए। कार्यक्रममा डिआरआर प्रकाश शर्मा, आईपिडिआरआर दिनेश गैरे, डिआरआर इलेक्ट गौरव सुवेदी, इन्टर्याक्ट डिस्ट्रिक्ट प्रतिनिधि, रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष रोटेरियन राजेन्द्र ढकाल, क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, पीडिआरआर विक्रम क्षेत्री तथा रोटरी–रोट्र्याक्टका पदाधिकारी, विभिन्न ब्रदर क्लबका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सेवामूलक अभियानमा रोट्र्याक्टले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाज रूपान्तरणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

त्यसैगरी डिआरआर प्रकाश शर्मा, आईपिडिआरआर दिनेश गैरे, डिआरआर इलेक्ट गौरव सुवेदी, रोटेरियन राजेन्द्र ढकाल, संस्थापक अध्यक्ष मोहन न्यौपाने, इन्टर्याक्ट डिस्ट्रिक्ट प्रतिनिधिलगायत विभिन्न ब्रदर क्लबका अध्यक्षहरूले शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष सिर्जना गिरीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्‍याउने रोट्र्याक्ट डिस्ट्रिक्टका पदाधिकारी, क्लबका पूर्वअध्यक्ष, कार्यसमिति तथा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गरिन्। साथै क्लबमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस वर्ष छिमेकी क्लबका अध्यक्षहरूलाई प्रदान गरिने मायाको चिनोका लागि छुट्याइएको रकम कटौती गरी जेन–जेड आन्दोलनमा घाइते रोट्र्याक्टर अलिजा अधिकारीलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो। क्लबको यस निर्णयले सहभागीहरूबाट प्रशंसा पाएको थियो।

यस अवसरमा क्लबको ११औँ चार्टर डे केक काटेर मनाइनुका साथै नयाँ सदस्यहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गर्दै रोट्र्याक्ट परिवारमा स्वागत गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष श्रीधर केसीले आफ्नो कार्यकालका लागि वार्षिक कार्ययोजना सार्वजनिक गर्दै सदस्य विस्तार, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण, उद्यमशीलता तथा प्रभावकारी सामुदायिक सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै सदस्यको सक्रिय साथ, सहकार्य र सहभागिताबाट क्लबलाई सेवामूलक गतिविधिमा अग्रणी र उत्कृष्ट क्लबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन रोट्र्याक्टर अर्जुन खड्काले तथा दोस्रो सत्रको सञ्चालन रोट्र्याक्टर पूजा गौतमले गरेकी थिइन्। स्वागत मन्तव्य रोट्र्याक्टर सुभाष सापकोटाले राखेका थिए भने धन्यवाद ज्ञापन रोट्र्याक्टर अमृत खनालले गरेका थिए।

उत्साहपूर्ण वातावरणमा सम्पन्न समारोहले रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देही नयाँ नेतृत्वसँगै सेवा, नेतृत्व र सामाजिक परिवर्तनको यात्रालाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित