रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
समाचार :

समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमीले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोमबार आयोजित दीक्षान्त समारोह वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समारोहमा हेयर ड्रेसिङ तथा सौन्दर्यकला क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका अग्रज नाई नाथु श्रीवास्तव र ब्युटिसियन सुशीला श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। सौन्दर्य पत्रकारितामार्फत यस क्षेत्रको प्रवर्द्धनमा योगदान दिएको भन्दै पत्रकार भगवती पाण्डे पनि सम्मानित भइन्।

त्यसैगरी, एकेडेमीको उत्कृष्ट कर्मचारीका रूपमा लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार बानियाँले हेयर ड्रेसिङ पेशा केवल सीपमा सीमित नभई आत्मनिर्भरता, सम्मानजनक रोजगारी र उद्यमशीलताको सशक्त आधार बनेको बताए। उनले आफ्नो कामप्रति समर्पित भएर निरन्तर मेहनत गर्ने हो भने यही पेशाबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिने धारणा व्यक्त गरे।

उनले व्यक्तित्व, व्यवहार र व्यावसायिक सीपलाई निरन्तर परिष्कृत गर्दै ग्राहकको विश्वास जित्न सके सफलता सुनिश्चित हुने उल्लेख गरे। बजारमा हेयर ड्रेसिङ तथा ब्युटी क्षेत्रको सम्भावना अझै व्यापक रहेको भन्दै उनले सीप नै सबैभन्दा ठूलो लगानी भएको र यसले विश्वको जुनसुकै स्थानमा पनि रोजगारीको अवसर सिर्जना गर्ने बताए। सेवा गुणस्तरसँगै व्यावसायिक आचरण र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता तालिममूलक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा आईएसओका प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे। उनले आगामी दिनमा पनि गुणस्तरीय तालिम र व्यावसायिकतालाई निरन्तरता दिन आग्रह गरे।

एकेडेमीका सञ्चालक मोहन ठाकुरले संस्थाको सुरुवाती संघर्षदेखि हालसम्मको यात्राबारे जानकारी दिँदै समृद्धिले सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई सँगसँगै अघि बढाइरहेको बताए। उनका अनुसार संस्थामा हालसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको छ भने देशभर ५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै, तालिम लिएका सयौं युवाले स्वरोजगार तथा विभिन्न संस्थामा रोजगारी प्राप्त गरिसकेको उनले जानकारी दिए।

उनले उच्च दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा आधुनिक पूर्वाधारयुक्त एकेडेमी सञ्चालन गरिएको बताउँदै एकैपटक ४० जनासम्मलाई व्यावसायिक तालिम प्रदान गर्न सकिने क्षमता रहेको जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले समृद्धि एकेडेमीका यस्ता पहलले हेयर ड्रेसिङ तथा सौन्दर्यकला क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र रोजगारीमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित