‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका अध्यक्ष हुमबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटीका सचिव हरि बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले सुरक्षित, अनुशासित र जिम्मेवार यातायात सेवाले यात्रुको विश्वास बढाउने मात्र नभई समग्र यातायात क्षेत्रको छवि सुधार गर्न समेत सहयोग पुग्ने बताए । उनले सडक सुरक्षालाई अभियानका रूपमा अघि बढाउन यातायात मजदुर, व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनहरूमा ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउँदिन’, ‘सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिन’, ‘बालश्रम प्रयोग गर्दिन’, ‘तीव्र गतिमा सवारी चलाउँदिन’ र ‘सभ्य भाषाको प्रयोग गर्छु’ लगायतका सन्देश समेटिएका स्टिकर टाँसिएको थियो।

कार्यक्रमका अध्यक्ष हुमबहादुर क्षेत्रीले स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्न सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरिएको बताए । पछिल्लो समय बढ्दै गइरहेका सडक दुर्घटनाप्रति सबै पक्षलाई सचेत गराउने, यातायात मजदुरहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राको संस्कार विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

क्षेत्रीले यातायात मजदुरहरू श्रम मात्र गर्ने वर्ग नभई लाखौं यात्रुको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको समूह भएकाले उनीहरूमा सकारात्मक व्यवहार, अनुशासन र जिम्मेवारीको भावना विकास गर्नु आवश्यक रहेको बताए । यस्ता अभियानले मजदुरको पेशागत प्रतिष्ठा बढाउनुका साथै सुरक्षित सडक संस्कृतिको निर्माणमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक मधुसुदन बञ्जाडे, बुटवल ट्याक्सी सेवा प्रालिका अध्यक्ष विजय कुँवर, यातायात मजदुर तथा भलाइ कोषका कोषाध्यक्ष प्रकाश कुमार नेपाल, लुम्बिनी ट्रक समितिका अध्यक्ष रुमाखर गौतम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र बस्याल तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर प्रसाद गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संगठनका सह–सचिव केशवराज पौडेल ले गरेका थिए । संगठनले स्थापना दिवसको अवसरमा असार ८ गते विहान रक्तदान र ९ गते शुभकामना आद्रान प्रदान गर्ने बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित