दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम

गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजनामा तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

गुल्मीदरबार गाउँपालिका–७ ठूलोपोखरामा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा इश्वरी माध्यमिक विद्यालय, चारपाला दरबार प्रथम, ठूलोपोखरा माध्यमिक विद्यालय द्वितीय, शारदा माध्यमिक विद्यालय अमर अर्बाथोक तृतीय तथा गङ्गा आधारभूत विद्यालय चिनियापोखरी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रमका अवसरमा मिरा ट्रष्टले सहभागी विद्यार्थीहरूलाई झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको थियो। सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सगुन्स कलेक्सनकी सञ्चालक तथा समाजकी पूर्व अध्यक्ष उषा खत्रीले उपहार प्रदान गरेकी थिइन्।

सम्पर्क समाजले आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ। साथै विभिन्न रोगबाट पीडित इन्द्रबहादुर टोमटा र ललिता शाहीलाई संस्थाको तर्फबाट जनही १० हजार १०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो।

कार्यक्रमको सफल व्यवस्थापन तथा सञ्चालनमा संयोजक रमेश कार्कीको विशेष भूमिका रहेको आयोजकले जनाएको छ।

समाजका अध्यक्ष हिराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सह–सचिव सबिना टण्डनले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव विकास टण्डनले सञ्चालन गरेका थिए। हाजिरजवाफ प्रतियोगिताको सञ्चालन मिरा कोषका महासचिव रामचन्द्र पौडेल ले गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य, वडा संयोजक, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित