सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

एमाले सरकार गठनको अदृष्य प्रयासमा छैनः उपाध्यक्ष पौडेल

बुटवल  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निमाउने बताए ।
बुटवल कालिका क्याम्पसको ९ औं वाषिकोत्सवमा शुक्रबार संवोधन गर्दै नेता पौडेलले भने, ‘एमाले सरकार गठनको खेलमा लागेको छैन । सत्ता गठबन्धनसँग पनि बहुमत त छैन । तर, बहुमतको नजिक छ । त्यस कारणले हामी चाहन्छौं गठबन्धनले जोडजार गरेर बहुमत पु¥याई सरकार बनाओस । हामी प्रतिपक्षमा रहन्छौं ।’


माओवादी केन्द्रसँग सरकार गठनका लागि एमाले कुनै छलफल नगरेको समेत पौडेलले स्पष्ट पारे । ‘जनमतको हिसावले एमाले एक नम्बर पार्टी हो’ पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छ । एमालेको अग्रता र शिष्टतालाई कसैले चुनौती दिन सक्दैन । तर, प्राविधिक रुपमा केही सिटले हामी दोस्रो भएका हौं ।’
सत्ता गठबन्धनसँग एक्लै लडेर एमाले अहिले अवस्थामा आउनु ठूलो सफलता भएको पौडेलको भनाइ छ । निर्वाचनको एमालेले छिटटै समिक्षा गर्ने पनि पौडेलले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले एमाले सरकारमा रहँदा वा प्रतिपक्ष रहे पनि रुपन्देहीको विकासलाई कनै अफ्टयारो नपर्ने पौडेलले बताए । सबैसँग एकताबद्ध भएर यस क्षेत्रको रुपन्देहीको विकासमा आफू सधै लाग्ने पौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित