आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

तिलोत्तमा मेलामा कुस्ती प्रतियोगितमा शुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगित मंसिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।
यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्जवल गिरी, मन्जु भट्टराई, श्रीधर अधिकारी, बिनोद विस्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मनोरन्जन दिलाएको मेला मुल आयोजक समिति संयोजक प्रेम जीएमले जानकारी दिए । उनका अनुसार कलाकार प्रिती आलेको संयोजनमा नाइट डान्स कन्र्सट पनि भयो ।
मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको सहआयाजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेको उनले बताए ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलामा मंगलबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित