लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित                
समाचार :

जेनजी रूपन्देहीको नेतृत्व चुन्न २८ गते भेला

बुटवल । जेनजी रुपन्देही नेतृत्व समिति गठन गर्न असोज २८ गते तिलोत्तमा-१३ को बभनीमा भेला आयोजना गरिएको छ ।

जेनजी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्रीलगायतको बैठकले जेनजी रुपन्देहीको संगठन निर्माण, आगामी कार्यदिशा र संरचनासम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै जेनजी रुपन्देहीको आधिकारिक नेतृत्व समिति गठन गर्न औपचारिक प्रकृया सुरु गर्ने निर्णय गरेको हो।

जेनजी रुपन्देहीको नेतृत्व समिति गठनका लागि बोलाइएको भेलामा सदस्य बन्न विभिन्न मापदण्ड तोकिएको छ । जसमा १८ वर्ष उमेर पुगेको रुपन्देहीवासी हुनुपर्ने, नागरिकताको मूल प्रमाणपत्र पेश गर्नुपर्ने, सामाजिक कामहरु गरेको प्रमाण पेश गर्नुपर्ने, व्यक्तिगत धारणा र दृष्टिकोण राख्नुपर्ने र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने मापदण्ड तय गरिएको जेन जी अगुवा सुरज पोखरेलले जानकारी दिए । भेला न्यू राइज युथ क्लबको हल तिलोत्तमा १३ बभनीमा बिहान १० बजे सुरु हुने उनले बताए। उक्त दिन गठन हुने समितिले आगामी नेतृत्व चयनसँगै नीतिगत दिशा, क्रियाकलाप संयोजन गर्ने मूल निकायका रुपमा रहनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित