सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

जेनजी रूपन्देहीको नेतृत्व चुन्न २८ गते भेला

बुटवल । जेनजी रुपन्देही नेतृत्व समिति गठन गर्न असोज २८ गते तिलोत्तमा-१३ को बभनीमा भेला आयोजना गरिएको छ ।

जेनजी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्रीलगायतको बैठकले जेनजी रुपन्देहीको संगठन निर्माण, आगामी कार्यदिशा र संरचनासम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै जेनजी रुपन्देहीको आधिकारिक नेतृत्व समिति गठन गर्न औपचारिक प्रकृया सुरु गर्ने निर्णय गरेको हो।

जेनजी रुपन्देहीको नेतृत्व समिति गठनका लागि बोलाइएको भेलामा सदस्य बन्न विभिन्न मापदण्ड तोकिएको छ । जसमा १८ वर्ष उमेर पुगेको रुपन्देहीवासी हुनुपर्ने, नागरिकताको मूल प्रमाणपत्र पेश गर्नुपर्ने, सामाजिक कामहरु गरेको प्रमाण पेश गर्नुपर्ने, व्यक्तिगत धारणा र दृष्टिकोण राख्नुपर्ने र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने मापदण्ड तय गरिएको जेन जी अगुवा सुरज पोखरेलले जानकारी दिए । भेला न्यू राइज युथ क्लबको हल तिलोत्तमा १३ बभनीमा बिहान १० बजे सुरु हुने उनले बताए। उक्त दिन गठन हुने समितिले आगामी नेतृत्व चयनसँगै नीतिगत दिशा, क्रियाकलाप संयोजन गर्ने मूल निकायका रुपमा रहनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित