बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन

सामाजिक सञ्जाल सूचीकरण नगरेको भन्दै सरकारले गत साता विभिन्न सोसल प्लेटफर्म बन्द गरेको विरोधमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा बाँकेको नेपालगञ्जका युवा सुलभमान श्रेष्ठले ज्यान गुमाएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१ का २२ वर्षीय सुलभमान काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थी थिए। प्रहरीको गोली लागेर उनको बानेश्वरमा निधन भएको पुष्टि भएको छ।

सुलभमान नेपालगञ्जस्थित भेरी इङलिस बोर्डिङ स्कूलका प्राचार्य नरेन्द्र श्रेष्ठका एक्ला छोरा हुन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालका अनुसार आन्दोलनकै क्रममा उनी मारिएका हुन्। ‘केही दिनअघि मात्रै घर आएका उनी फेरि काठमाडौं फर्किएका थिए,’ रिजालले बताए। उनका अनुसार छोराको निधनको खबर सुनेपछि आमा विना खड्का बेहोस भएकी छन् भने बाबु नरेन्द्र साँझ ६ बजेको जहाजमार्फत काठमाडौं प्रस्थान गरेका छन्।

पढाइमा मेधावी सुलभमान खेलकुदप्रति पनि उतिकै सक्रिय थिए। घर फर्कदा विद्यालयमा गएर विद्यार्थीलाई विभिन्न खेलको प्रशिक्षण दिने गरेका थिए। ‘देशमा उज्ज्वल भविष्य बनाउनुपर्छ भन्ने सोचका साथ उनी काठमाडौंमा अध्ययनरत थिए,’ वडाअध्यक्ष रिजालले भने।

सुलभमानको निधनपछि गाउँ शोकमा डुबेको छ। काठमाडौंसहित देशका विभिन्न शहरमा भएको आन्दोलनमा परेर अहिलेसम्म १९ जना जेनजीको मृत्यु भइसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित