सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

दीप बोर्डिङका दुई विद्यार्थी सञ्जोग र उत्सव नेपाल प्रथम र द्धितिय भएको दावी सहित सम्मान

बुटवल स्थित दीप बोर्डिङ हाई स्कूलबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यार्थी र अभिभावकलाई शुक्रबार सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् ।  राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा  दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३।९६ जी।पी।ए। प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।

यसैगरी अर्का विद्यार्थी उत्सवराज भट्टराईले ३।९५ जी।पि।ए। प्राप्त गरी नेपाल दोस्रो भएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

उनका अनुसार दीप बोर्डिङले यसअघि पनि उत्कृष्ट नतिजा निकाल्दै आएकोमा यो पटक नेपालमै सर्वाधिक अंक सहितउत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। १७८ जना परीक्षार्थीमध्ये संजोग नेपाल प्रथम र उत्सव नेपाल दोस्रो भएको आफूहरुको दावी रहेको प्रधानाध्यापक न्यौपानेले बताए ।

दीपबाट १७८ मध्ये १८ जनाले ए प्लस, ६७ जना उ, ५५ जनाले वि प्लस र ३० जना विद्यार्थीले बि जिपिए ल्याएको जनाएको छ । बुटवल उपमहानगरभित्रका संस्थागत विद्यालयहरुमा सबेभन्दा धेरै विद्यार्थी उतर्णि गराएर दीपले उतीर्ण गराएर प्रथम हुन सफल भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले  दुई मेधावी विद्यार्थीहरू नर्सरी कक्षादेखि नै विद्यालयमा अध्ययन गरी कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई दिए ।

उनले विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदै आगामि दिनमा पनि दीपले आफ्नो गुणस्तरीय शिक्षाको प्रतिबद्धता कायम गर्ने बताए ।  उक्त अवसरमा एसईई परीक्षामा चार जिपिए ल्याएका  छात्रा सक्रिना कुँवर र छात्र सुधांशु शेखर झा र उनका परिवारलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउने मेधावी  विद्यार्थीहरूलाई  विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आगामि  फागुन ५ गते सम्मान तथा पुरस्कार वितरण गर्ने उपप्रचार्य कलाधर अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित