कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

काठमाण्डौमा हुने चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । लुम्बिनी प्रदेश भरीका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरुले गरेको प्रतिस्प्रर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएका हुन् । यहि जेठ महिनाको २२ देखि २६ गतेसम्म काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धाकालागि सहभागि हुन जाने ७८ खेलाडीहरुको दुई दिनको विभिन्न खेलकुद विधाबाट छनौट भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।

 

छनौट प्रतियोगितामा चौध वर्ष मुनीका साढे चार सय विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन् । ति प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाण्डौमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिस्पर्धा गर्न जाने छन् । उक्त प्रतियोगिता अन्तरगत क्रिकेटका लागि यु–१६ खेलाडिकालागि प्रतियोगिता हुने छ । क्रिकेटकालागि यु–१६ का खेलाडीहरुलाई छनोट गरिएको र सोही अनुसार प्रतिस्प्रर्धा पनि हुने अध्यक्ष पौडेलले बताए ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । यस्तै छात्र डवल छात्रा सिंगल टेवलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डवलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोलीनेता र उपनेता एकएक जना गरि ७८ जना छनौटमा परेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जेठ २२ देखि २६ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने चौध वर्ष मुनीको यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका विभिन्न विद्यामा उनीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीकोको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित