लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

काठमाण्डौमा हुने चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । लुम्बिनी प्रदेश भरीका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरुले गरेको प्रतिस्प्रर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएका हुन् । यहि जेठ महिनाको २२ देखि २६ गतेसम्म काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धाकालागि सहभागि हुन जाने ७८ खेलाडीहरुको दुई दिनको विभिन्न खेलकुद विधाबाट छनौट भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।

 

छनौट प्रतियोगितामा चौध वर्ष मुनीका साढे चार सय विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन् । ति प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाण्डौमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिस्पर्धा गर्न जाने छन् । उक्त प्रतियोगिता अन्तरगत क्रिकेटका लागि यु–१६ खेलाडिकालागि प्रतियोगिता हुने छ । क्रिकेटकालागि यु–१६ का खेलाडीहरुलाई छनोट गरिएको र सोही अनुसार प्रतिस्प्रर्धा पनि हुने अध्यक्ष पौडेलले बताए ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । यस्तै छात्र डवल छात्रा सिंगल टेवलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डवलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोलीनेता र उपनेता एकएक जना गरि ७८ जना छनौटमा परेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जेठ २२ देखि २६ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने चौध वर्ष मुनीको यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका विभिन्न विद्यामा उनीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीकोको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित