तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तिलोत्तमा क्याम्पसका कुशलले एमविविएस प्रवेश परीक्षामा पहिलो स्थानमा निकाले नाम (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् ।

पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा कलेजमा कक्षा ११ र १२ मा अध्ययान गरेका थिए ।

चिकित्साशास्त्रमा भ्याली बाहिर पूर्ण छात्रबृत्तिमा नाम निकालेका कुशल भट्टराईलाई क्याम्पसले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पञ्चेबाजा सहित नगरपरिक्रमा गराएको थियो । तिलोत्तमा क्याम्पसको उपलब्धीलाई सवै सामु प्रचार गर्दै विद्यार्थी कुशल भट्टराईले बुटवल, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिकामा परिक्रमा गराइएको क्याम्पस प्रमुख आर.सी आचार्यले बताए ।

विद्यार्थी कुशल भट्टराईले चिकित्साशास्त्रमा पूर्ण छात्रबृत्तिमा नाम निकाले संगै उनले ६० लाखको छात्रबृत्ती पाएका छन् ।

कुशल बाहेक तिलोत्तमा क्याम्पसमै अध्यायन गरेका अन्य १३ जना विद्यँर्थीहरुले पनि चिकित्साशास्त्र छात्रबृत्तिमा नाम निकालेका छन् ।

सो अवसरमा विद्यार्थी भट्टराईले तिलोत्तमा क्याम्पसको परिपक्क टिमका कारण आज सफलता हासिल गरेको बताए । आफुले एसईईमा ३ दशलव ८ जिपिए ल्याएर उत्र्तिण गरेको भएपनि शिक्षक र आफ्नो मेहनतले अहिले सफलता प्राप्त गरेको उनले बताए ।

उनंले सहयाक क्याम्पस प्रमुख नवेन्दु ढकालले आफुलाई यो बीचमा धेरै सहयोग गरेको बताए । कुशल सहित विद्यार्थी एलिना शर्मालाई पनि क्याम्पसले सम्मान गरेको थियो । उनी पनि चिकित्साशास्त्र प्रवेश परीक्षा ०८१ मा उत्र्तिण भएकी छन् ।

क्याम्पसको प्रवेश गेटबाट सुरु भएको सफलताको ¥याली शान्तीचोक, देविनगर, गोलपार्क, बसपार्क, चौराह, योगिकुटी, मणिग्राम हुंदै भैरहवा पुगेर पुन क्याम्पसमा आएको थियो । ¥यालीमा नौमती पञ्चेबाजा बजाउंदै विद्यार्थीलाई परिक्रमा गराइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित