निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिलोत्तमा क्याम्पसका कुशलले एमविविएस प्रवेश परीक्षामा पहिलो स्थानमा निकाले नाम (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् ।

पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा कलेजमा कक्षा ११ र १२ मा अध्ययान गरेका थिए ।

चिकित्साशास्त्रमा भ्याली बाहिर पूर्ण छात्रबृत्तिमा नाम निकालेका कुशल भट्टराईलाई क्याम्पसले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पञ्चेबाजा सहित नगरपरिक्रमा गराएको थियो । तिलोत्तमा क्याम्पसको उपलब्धीलाई सवै सामु प्रचार गर्दै विद्यार्थी कुशल भट्टराईले बुटवल, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिकामा परिक्रमा गराइएको क्याम्पस प्रमुख आर.सी आचार्यले बताए ।

विद्यार्थी कुशल भट्टराईले चिकित्साशास्त्रमा पूर्ण छात्रबृत्तिमा नाम निकाले संगै उनले ६० लाखको छात्रबृत्ती पाएका छन् ।

कुशल बाहेक तिलोत्तमा क्याम्पसमै अध्यायन गरेका अन्य १३ जना विद्यँर्थीहरुले पनि चिकित्साशास्त्र छात्रबृत्तिमा नाम निकालेका छन् ।

सो अवसरमा विद्यार्थी भट्टराईले तिलोत्तमा क्याम्पसको परिपक्क टिमका कारण आज सफलता हासिल गरेको बताए । आफुले एसईईमा ३ दशलव ८ जिपिए ल्याएर उत्र्तिण गरेको भएपनि शिक्षक र आफ्नो मेहनतले अहिले सफलता प्राप्त गरेको उनले बताए ।

उनंले सहयाक क्याम्पस प्रमुख नवेन्दु ढकालले आफुलाई यो बीचमा धेरै सहयोग गरेको बताए । कुशल सहित विद्यार्थी एलिना शर्मालाई पनि क्याम्पसले सम्मान गरेको थियो । उनी पनि चिकित्साशास्त्र प्रवेश परीक्षा ०८१ मा उत्र्तिण भएकी छन् ।

क्याम्पसको प्रवेश गेटबाट सुरु भएको सफलताको ¥याली शान्तीचोक, देविनगर, गोलपार्क, बसपार्क, चौराह, योगिकुटी, मणिग्राम हुंदै भैरहवा पुगेर पुन क्याम्पसमा आएको थियो । ¥यालीमा नौमती पञ्चेबाजा बजाउंदै विद्यार्थीलाई परिक्रमा गराइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित